पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

 असार १७, २०७७ बुधबार १९:४०:३८ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । 

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज प्रेस विज्ञप्ति जारी गरी सरकारले मङ्गलबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो । 

'कोरोना महामारीका बीच देशको आर्थिक अवस्था नाजुक बन्दै गएको वर्तमान अवस्थामा जनताको दुखिरहेको घाउमा मलहम लगाउनुको सट्टा नुनचुक छर्कने काम भएको छ', अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कोरोना महामारीको समयमा आकासिएकाे मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउनुको साटो मूल्यवृद्धिको नाममा रकम असुल्ने काम भएको भन्दै नेविसङ्घले घोर भर्त्सना गरेको छ । 

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले सरकारले जनताप्रति निर्वाह गर्ने दायित्व भुलेको भन्दै यसको विरुद्धमा जनता सडकमा आउनुपर्ने स्थिति सिर्जना हुँदै गएको बताउनुभयो । सरकारले जनतालाई पीडा दिने दिशातर्फ उन्मुख भए नेविसङ्घले कडा आन्दोलन गर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया