अर्घाखाँचीमा ८९ जनाले कोरोना जिते

 असार १८, २०७७ बिहिबार ११:४०:५३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँचीमा ८९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आइसोलेसनमा बसेका ८९ जनाको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र मावि हटारीनेटामा रहेको आइसोलेसनबाट ५१ जना, शितगंगा नगरपालिकामा रहेको ज्योति माविको आइसोलेसनमा रहेका ३८ जना गरी ८९ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो ।

उनीहरुलाई दुई हप्ता होम क्वरेण्टीनमा बस्न निर्देशन दिइएकोे सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । अर्धाखाँचीमा तीन सय १२ जना कोरोना सङ्क्रमित छन् । दुई जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया