धादिङ : नदीमा हराएको जीपकाे खोजी हुँदै

 असार १८, २०७७ बिहिबार १९:१:४४ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – पृथ्वी राजमार्गमा पर्ने धादिङको मौवाखोला नजिकैको बाँदरे भीरबाट त्रिशुली नदीमा गाडी खसेर हराइरहेको छ ।

बिहीबार बिहान मुग्लिनबाट काठमाण्डौ आइरहेको जीप नदीमा खसेको हराइरहेको हो । घटनास्थलमा अहिले गोताखोरले जीप खोजी रहेको छ। जीपको नम्बर र सवारीमा कति मानिस थिए यकिन भएको छैन ।

सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेका छन्। मौवाखोला चितवन र धादिङको सिमानास्थलमा पर्दछ। केही घाँस लतारेको देखिएकाले गाडी खसेको प्रहरीले अनुमान गरेकाे छ। 

नदीमा पानीको बहाव बढी भएकोले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । नदी धमिलो भएकाेले खोजी कार्यमा बाधा भइरहेको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया