काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताउनुभएको छ ।
गण्डकी प्रदेशका सांसदसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै उहाँले संविधानले केही नयाँ राजनीतिक संरचनाको व्यवस्था गरेकाले त्यसको व्यवस्थापन गर्नुपर्दा केही समस्या भएको बताउनुभयो ।
‘प्रदेशको संरचना हाम्रा लागि बिल्कुलै नयाँ हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो–‘यो नयाँ अभ्यासमा अभ्यस्त हुन हामीलाई केही समय लाग्छ ।’
उहाँले अघिल्लो सरकारले निर्वाचन हुनुअघि र सकिएपछि राष्ट्रिय ढुकुटीबाट जथाभावी रकम बाँडेको, विभिन्न रोगका उपचार निःशुल्क गर्ने भनेकाले अहिले त्यसको असर अर्थतन्त्रमा देखिएको छ भन्नुभयो ।
‘अहिले उपचारका लागि अर्बाै रकम दाबी गरिएका बिलहरु आएका छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘चुनाव हारिसकेपछि सत्तामा जाने सम्भावना नभएकाले देशलाई डुबाउने गरी यस प्रकारका निर्णय गरेका छन्, जसले गर्दा हाम्रो अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन समय लाग्ने देखिन्छ ।’
प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको समग्र विकासका लागि केन्द्र सरकारले सहयोग गर्ने प्रतिोद्धता व्यक्त गर्नुभयो ।
अन्तरक्रियामा अधिकांश सांसदले कोरलाबाट त्रिवेणी–सुस्ता जोड्ने सडकका विषयमा उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले सो सडक हाल निर्माणाधीन अवस्थामा रहेकाले सरकारले आवश्यक रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायत गण्डकी प्रदेशका सांसदको सहभागिता थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।