२ लाख ३९ हजार रुपैयाँसहित ९ जुवाडे पक्राउ

 असार २२, २०७७ सोमबार १४:५९:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रहरीले दाङको तुलसीपुरबाट झण्डै दुई लाख ५० हजार रुपैयाँसहित नाै जनालाई जुवाको खालबाट पक्राउ गरेको छ । 

तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुर पार्क नजिकै एक घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले दुई लाख ३९ हजार रुपैयाँसहित नाै जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर ७ का ३६ वर्षीय रेम सुनार, ३८ वर्षीय शिवबहादुर स्वर्णकार, ३९ वर्षीय धनेश्वर सेर्पाइली, २७ वर्षीय सन्तोष नेपाली, ३६ वर्षीय खिमबहादुर सुनार, ३३ वर्षीय रविन्द्र सिङ नेपाली रहेका छन् । त्यस्तै तुलसीपुर ८ का ४८ वर्षीय टंकबहादुर सुनार, ३५ वर्षीय शोभाराम सुनार र तुलसीपुर ५ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मा पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका सबैलाई क्षलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया