दाङ : वडाध्यक्षमाथि आक्रमण गरेकाे आराेपमा थप दुई जना पक्राउ

 असार २२, २०७७ सोमबार १८:२४:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि भएको आक्रमणको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ३ भलानेटीका २३ वर्षीय आकाश केसी र खड्कबहादुर विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे छ । घटनाको अनुसन्धानकाे लागि आकाशलाई सोमबार  बिहान र खड्कालाई आइतबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका  प्रहरी निरीक्षक (इन्सपेक्टर) तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिनुभयो ।

यसअघि प्रहरी याे घटनामा तीन जनालाई पक्राउ गरिसकेको छ । वडाध्यक्ष डाँडीमाथि भएको आक्रमणको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया