बिन लादेनबारे पहिलो पटक बोलिन् आमा आलिया, के भनिन् त ?

 साउन १९, २०७५ शनिबार ७:२१:२१ | एजेन्सी
unn.prixa.net

अल कायदाका नेता ओसामा बिन लादेनको मृत्यु भएको सात वर्षपछि उनकी आमाले सार्वजनिक रुपमा छोराका बारेमा बोलेकी छिन् । 

लादेनकी आमा आलिया गानेमले साउदी अरेबियामा रहेको आफ्नो खानदानी घरमा ‘द गाजिर्यन’ लाई अन्तार्वार्ता दिएकी हुन् । 

आलियाले द गार्जियनसँग कुरा गर्दै ओसामा सानोमा ‘लजालु’ र ‘असल बालक’ भएको तर विश्वविद्यालयमा ‘ब्रेनवाश’ गरेर उनको विचार परिवर्तन गरिएको बताइन् । 

परिवारका अनुसार उनीहरुले अन्तिम पटक ओसामालाई सन् १९९९ मा अफगानिस्तानमा देखेका थियो । यो ठ्याक्कै सेप्टेम्बर ११ को घटना घट्नुभन्दा दुई वर्ष अगाडिको कुरा थियो । 

सुरुमा ओसामा सोभियत सेनाविरुद्ध लड्नका लागि अफगानिस्तान आएका थिए । तर सन् १९९९ सम्म उनी विश्वसामू एक संदिग्ध चरमपन्थीका रुपमा परिचित भइसकेका थिए । 

जब छोरा जिहादी लडाकु भएको थाहा भयो त्यति बेला कस्तो महसुस भयो भन्ने प्रश्नमा आलिया भन्छिन्, ‘हामी निकै चिन्तित थियौँ । म त्यस्तो नहोस् भन्ने नै चाहन्थेँ । उनी कसरी सबै तहसनहस गर्न सक्थे ?’ 

आलियाका अनुसार विश्वविद्यालयमै अध्ययनका क्रममा ओसामा ‘मुस्लिम ब्रदरहुड संगठन’ को सम्पर्कमा आएका थिए । त्यसै क्रममा उनी चरमपन्थी स्वभावका भएका थिए । 

बिन लादेनको परिवार साउदी अरेबियामा सबैभन्दा प्रभावशाली परिवारमा गनिन्छ । निर्माण व्यवसायबाट लादेन परिवारले  निकै सम्पत्ति जोड्न सफल भएको छ ।

बिन लादेनका बुवा मोहम्मद बिन अवाद बिन लादेनले आलिया गानेमसँग ओसामा जन्मिएको तीन वर्षपछि सम्बन्ध विच्छेद गरेका दिए । अवाद बिन लादेनका ५० भन्दा बढी छोराछोरी थिए । 

सेप्टेम्बर ११ पछि के भएको थियो ?

सेप्टेम्बर ११, २००१ को आक्रमणपछि साउदी अरबले उनीसँग सोधपुछ गर्यो । उनलाई विदेशयात्रामा पनि रोक लगायो । 

गार्जियनका पत्रकार मार्टिन चुलोवलाई आलिया गानेमसँग कुराकानी गर्न यसकारण दिइयो कि साउदी अरब अलकायदाका नेता ओसामालाई सरकारी एजेन्ट नभएर बहिष्कृत व्यक्तिका रुपमा विश्वसामू चिनाउन चाहन्छ । 

बिन लादेनका भाइ हसन तथा अहमद पनि अन्तर्वार्ताको क्रममा आमासँगै थिए । उनीहरुले सेप्टेम्बर ११ को घटनामा ओसामाको हात रहेको सुनेपछि छाँगाबाट खसेझै भएको बताए । 

अहमद भन्छन्, ‘परिवारका सबै सदस्य उनको हर्कतले गर्दा लज्जित थियौँ । हामी सबैलाई थाहा थियो कि यसको परिणाम भयानक हुनेछ । हाम्रो परिवार विश्वका जुनसुकै कुनामा थियौँ, सबै साउदी फर्कियौँ ।’

उनकी आमा सेप्टेम्बर ११ को घटनामा ओसामा मात्रै होइन, उनीसँग जोडिएका अरु व्यक्तिको पनि संलग्नता रहेको बताउँछिन् । 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • chabegu Raj

    Aug. 4, 2018, 12:29 p.m.

    म उज्यालोका हरेक समाचार पढिरहेको हुन्छु।कति समाचार राम्रै लाग्छ भने कति जेपायो त्यहि हो कि जस्तो लाग्छ।समग्रमा उज्यालोका हरेक समाचार ,उज्यालो ओन्लाईन बाट प्रसारण हुने कार्यक्रम रेडियो हरु सुनिरहेको हुन्छु।

  •  0 Reply

तपाईको प्रतिक्रिया