सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
सिरहा – मास्क नलगाइ हिँड्ने ६४ जनालाई मङ्गलबार एकैदिन सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।
लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरेले जानकारी दिनुभयो ।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही सुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उहाँले बताउनुभयो ।
रगतको अभाव हुन नदिन रक्तदान कोरोना भाइरस सङ्क्रमणकाे बेला रगतको अभाव हुन नदिन सिरहाका २६ युवाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लहानको समन्वयमा नगर युवा सञ्जाल सुखीपुरद्वारा आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।
कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनका समयमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको सञ्जालका अध्यक्ष सुनिलकुमार यादवले जानकारी दिनुभयो । लकडाउनको समयमा रक्तदाता घटेकाले रगतको अभाव हुन थालेपछि रक्तदान गरिएको सञ्जाल अध्यक्ष यादवको भनाइ छ ।