शेयर बजारको ओरालो यात्रा रोकिएन, आज साढे १९ अङ्कले घट्यो
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नवलपरासीका विजय पाण्डे पक्राउ परेका छन् ।
आफू विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी भएको र जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ लिएर फरार रहेका नवलपरासीको सुस्ताका पाण्डेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।
उनले चितवनकी अस्मिता अधिकारीसँग एक लाख ८२ हजार रुपैयाँ, चितवनकै निशानबाबुघिमिरेसँग तीन लाख ५० हजार रुपैयाँ लिएको तथा अरु ठगी गरेको भेटिएको अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।