बाह्रबिसेमा उद्धारको लागि हेलिकप्टर

 असार २५, २०७७ बिहिबार १३:१५:४२ | रासस
unn.prixa.net

फाइल फाेटाे

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारको लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । 

मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एअरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिनुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटासहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । त्यो हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाण्डौ लगिने उहाँले जानकारी दिनुभयो । 

यसअघि सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमको कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।   

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया