सत्ता गठबन्धनकाे साझा सङ्कल्प : भ्रष्टाचारी एक दिन कानुनको कठघर...
चैत ६, २०८० मंगलबार
रुकुम पश्चिम – बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै पहिरो खस्दा एकै घरका दुई जनाको ज्यान गएको छ ।
आठबिसकोट नगरपालिका–३ का २८ वर्षीया सीता दमाई र उहाँका ६ वर्षीय छोरा हाविल परियारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ८ वर्षीया छोरी हिरा परियारलाई भने नेपाल प्रहरी र स्थानीयबासिन्दाले सकुशल उद्धार गरेका छन् ।
शुक्रबार बिहान आठबिसकोट नगरपालिका–३ मा रहेको रेझेखोलामा आएको पहिरोले तुलबहादुर दमाईको घर पुरेको थियो । घरमा रहेका आमा छोराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनुभयो ।
चार जना सदस्य रहेको परिवारका तुलबहादुर दमाई काम विशेषले घर बाहिरै रहेकोले सकुशल रहेको प्रहरीले जनाएको छ ।