बबई नदीले बगाउँदा दम्पती बेपत्ता

 असार २७, २०७७ शनिबार १७:४९:३५ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको बबई नदीमा आएकाे बाढीमा बगेर ठाकुरबाबा नगरपालिका ४ का एक दम्पती बेपत्ता भएका छन् । 

बबई नदीमा आएकाे बाढीमा बगेर ठाकुरबाबा नगरपालिका ४ बगनाहा गाउँका ३२ वर्षीय जीतबहादुर थारु र उहाँकी श्रीमती २६ वर्षीया राजकुमारी थारु बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ ।

बबई नदी किनारमा रहेकाे दाउरा सङ्कलन गरेर फर्कने क्रममा नदीको बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टी घाट नजिक शनिबार बिहान उनीहरु बगेर बेपत्ता भएका हुन् । 

ती दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि आफूहरुलाई खबर गरेकाे बर्दिया प्रहरीले जनाएको छ । बबई नदीमा बगेर बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि, स्थानीयबासीन्दाले खोजी गरिरहेका छन् । 
 

अन्तिम अपडेट: चैत १, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया