पाेखरीबाट दुर्लभ रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ

 असार २८, २०७७ आइतबार १३:३५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको धार्मिक तथा पर्यटकीय स्थल वराह पोखरीबाट दुर्लभ रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।​

वराहपोखरी गाउँपालिका १ मा रहेको वराह पोखरीमा पाइने रातो माछा डोकोले छोपेर निकालिरहेको अवस्थामा त्यही ठाउँका ५७ वर्षीय प्रेमबहादुर राई र २७ वर्षीय जितबहादुर राई पक्राउ परेका हुन् । 

लोपोन्मुख बनेको रातो माछा निकालिरहेको भन्ने सूचनाकाे आधारमा उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद चिमोरियाले बताउनुभयो । 

पोखरीबाट ३५ केजी बराबरकाे रातो माछा निकालिएको अनुमान गरिएको छ । पक्राउका क्रममा भेटिएका जिउँदो माछालाई पोखरीमै छाडिएको र मरेको माछालाई बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुई जनाविरुद्ध चोरीअन्तर्गतको कारबाही चलाउने तयारी गरिएको डीएसपी चिमोरियाले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया