सीपीएल खेल्न सन्दिप क्यारेबियनतर्फ प्रस्थान

 साउन १९, २०७५ शनिबार १६:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाै‌ं - नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न क्यारेबियनतर्फ गएका छन् ।

नेदरल्याण्ड्सविरुद्ध नेपालले खेलेको एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भएर उनी उतैबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न गएका हुन् ।

सीपीएलका लागि क्रिस गेलको कप्तानीमा रहेको सीपीएलको सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सले ५ हजार डलरमा सन्दिपलाई आवद्ध गराएको हाे ।

सीपीएलका पाँच खेलपछि उनी मलेसियामा हुने एशिया कप छनौट खेल्न उतैबाट आउने छन् ।

यसै सिजनमा उनी आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा उत्कृष्ट प्रदर्शन गरेका सन्दिपको अन्तर्राष्ट्रिय क्लब क्रिकेटमा व्यस्तता पनि बढेको छ ।

सन्दिपले नेदरल्याण्ड्सविरुद्ध दुई खेलमा गरी २० ओभर बलिङ गरेर महत्वपूर्ण चार विकेट लिएका थिए ।

पहिलो खेलमा ४२ रन खर्चिएर १ विकेट लिएका सन्दिपले दोस्रो खेलमा ४१ रन दिएर ३ विकेट लिएका थिए ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया