सडक अवरुद्ध भएसँगै कालोबजारी बढ्यो

 असार ३०, २०७७ मंगलबार ७:८:२५ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – पहिरो खसेपछि बाजुराको साँफे–मार्तडी सडकखण्ड अबरुद्ध भएको छ ।

बल्देदेखि पानीनाउँलासम्म विभिन्न ठाउँमा पहिरो खसेपछि सडकखण्ड अबरुद्ध भएको हो । झण्डै पाँच किलोमिटर सडकको बीचबीचमा पहिरो खसेपछि सदरमुकाम पुग्नै समस्या भएको छ ।

यस्तै हुम्ला र मुगु जाने यात्रुहरुले समेत सास्ती ब्यहोर्नु परेको छ । बाटो बन्द भएसँगै गाडी चल्न नसक्दा बाजुरामा कालोबजारी पनि बढेको स्थानीयको गुनासो छ ।

पहिरो हटाउने प्र्रयास गरे पनि नसकिएको बडिमालिका नगरपालिका ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षातको समयमा यो सडकखण्ड अवरुद्ध हुने भएकाले नयाँ विकल्प सोच्नुपर्छ ।’

यस्तै सडक डिभिजन कार्यालय अछामका प्रमुख ललिजन खनालले साँफे मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्मको सडक पहिरोले बगाएकाले नयाँ डाइभर्सन निकाल्ने ठाउँ पनि नभएकाले वैकल्पिक बाटोको योजना बनाउनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले दीर्घकालीन योजना बनाउन चासो नदिँदा बर्सेनि यो समस्या आउने गरेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया