रुकुम पश्चिम : दुई किलो अफिमसहित दुई जना पक्राउ

 असार ३१, २०७७ बुधबार १३:२२:४५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – दुई किलो अफिमसहित होटलमा लुकेर बसेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जाजरकोटको नलगाड नगरपालिका ४ का ३४ वर्षीय विनोद रावल र वडा नम्बर २ का २९ वर्षीय टेकबहादुर रावललाई पक्राउ गरेको जनाएको छ । 

आठबीसकोट नगरपालिकाको चिसापानीमा रहेको ममता होटलमा लुकेर बसेको बेला गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक  (डीएसपी) ठगबहादुर केसीले बताउनुभयो । 

पक्राउ परेकाकाे साथबाट दुई वटा पोकामा रहेको दुई किलो अफिम, तीन वटा मोबाइल सेट र मोबाइल चार्ज गर्न प्रयोग गरिने पावर बैंक नियन्त्रणमा लिइएको डीएसपी केसीले जानकारी दिनुभयो । अफिमको खेती र चोरी निकासी रोक्न रुकुम प्रहरीले सक्रियता बढाएको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: चैत ११, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया