ओली–प्रचण्ड भेटवार्ता : बिहीबार फेरि छलफल हुने

 असार ३१, २०७७ बुधबार १८:२४:५४ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद समाधानकाे लागि सहमति जुटाउन बुधबार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल बिहीबार फेरि बस्ने गरी सकिएको छ ।   

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटवार्तामा आगामी साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्नकाे लागि छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

पार्टीको आन्तरिक विवाद मिलाउन दुई अध्यक्षबीच दैनिकजसो बैठक भइरहेको छ । मङ्गलबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । बिहीबार फेरि छलफल गर्ने गरी बुधबारकाे छलफल सकिएको छ । 

दुई अध्यक्षले सहमतिको बिन्दु पहिल्याउने र स्थायी कमिटी बैठक बोलाउने नेकपाको तयारी छ ।

प्रचण्ड, माधव नेपाल तथा झलनाथ खनाल समूहसहित सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् भने ओली पक्ष त्यसको लागि तयार भएको छैन । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया