भाेगकाे कभरमा अाएकाे सुहाना खानको फोटोले पायाे तालीभन्दा बढी गाली

 साउन १९, २०७५ शनिबार २०:४७:० | एजेन्सी
unn.prixa.net

भोग इन्डियाले यो पटक आफ्नो कभरमा बलिउड सुपरस्टार शाहरुख खानकी १८ वर्षीया छोरी सुहाना खानको फोटो छापेको छ । 

तर यसपटकको भोगको कभरको प्रशंसा भन्दा पनि आलोचना बढी हुन थालेको छ । भोग म्यागेजिनमा कभर गर्ल बन्ने सुहाना खानको हैसियत नै नभएको भन्दै सामाजिक सञ्जालमा निकै नै आलोचना भएको छ ।

प्रतिष्ठित म्यागेजिन भोगको कभरमा सामान्यतया टप मोडल, अभिनेत्री, तथा गायिकालाई स्थान दिइन्छ । तर सुहाना खानले आफैलाई ‘विद्यार्थी, सिनेमा मन पराउने तथा भविष्यको स्टार’ का रुपमा चिनाउँछिन् । 

उनका बुवा शाहरुख बलिउडका किङ भनेर चिनिन्छन् र धेरैले बुवाकै कारण सुहानालाई भोगको कभर गर्ल बनाएको बन्दै परिवारवाद हावी भएको आरोप लगाएका छन् । 

सुहानाको फेशन सुटको डिजाइन भोगकी फेशन डिजाइनर तथा शाहरुखकी साथी अनाइता श्रफ अदाजानिआले गरेकी हुन् । सुहानाको यो नै पहिलो फोटो शूट तथा अन्तर्वार्ता हो ।  

यसबारेमा आपत्ति जनाउनेहरुमा धेरै संघर्ष गरिरहेका अभिनेत्रीहरु छन् । 

श्रुति टण्डन ट्वीटमा लेख्छिन्, ‘अस्तित्वमा नहुनुपर्ने केही कुराहरुमध्ये नातावाद एक हो । थुप्रै कलाकारहरु हुँदाहुँदै सेलिब्रिटीको सन्तान भोगको कभरमा । एउटै चलचित्र नखेली बाबु स्टार भएको आधारमा भोगको कभरमा हुनु स्वीकार्य छैन ।’

 

सृष्टि लेख्छिन्, ‘सेलिब्रिटीको आलोचनामा खासैविश्वास छैन, तर सुहाना खान किन भोगको कभरमा?यो त  सेलिब्रिटीको आलोचना पनि होइन किनकि उनका पिता सेलिब्रिटी हुन्, उनी होइनन् । मेरा पिता लेखापाल हुनुहुन्छ, के आईसीएआईले उसको कभरमा मेरो फोटो छाप्छ?’

 

स्ट्याण्डअप कमेडियन अपूर्व गुप्ता ठट्यौली पारामा लेख्छन्,‘सुहाना खान हुनुको संघर्ष -

 १. समुद्रतिर फर्केको बंगलामा बस्ने भएकाले समुद्रतटको बिदा मनउने कार्यक्रम उनका लागि रमाइलो विषय होइन

२‍. अति धनाढ्य भएकाले कुन रोलेक्स घडी लगाउने भन्ने निर्णय गर्न गाह्रो छ

३. १८ वर्षको हुँदा पनि करण जोहरले फिल्ममा लञ्च गर्दैनन् ’

 

संघर्षरत कलाकार भूमिका छेदी गुनासो गर्छिन्, ‘म एउटा संघर्षरत कलाकार हुँ र म तथा म जस्ता अन्य संघर्षरत कलाकारहरु सुहाना खानलाई भोगको कभरमा देख्दा कन्पारो तात्नुको कारण म बताउँछु तर त्यसभन्दा अगाडि म भन्न चाहन्छु कि मैले केही श्रृंखला, ३ ओटा डिजिटल विज्ञापन र दूरदर्शन १ को एउटा कार्यक्रममा अभिनय गरिसकेकी छु ।’ 

 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया