भान्जा अपहरण गरेर हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

 साउन ४, २०७७ आइतबार १६:१९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भान्जाको अपहरण गरी हत्या गर्ने एक जना १३ वर्षपछि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो । 

महाशाखाको टोलीले उनलाई सर्लाहीको मलङ्गवा नगरपालिका ८ गोरखकालीबाट पक्राउ गरेको महाशाखाका एसएसपी दीपक लामाले बताउनुभयो । अभियुक्तले दुई लाख ५० हजार फिरौती मागेका थिए । पछि दुई लाख रुपैयाँमा कुरा मिलेको थियो । 

यद्यपि अभियुक्त आफैले फिरौतीबापतको दुई लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको एसएसपी लामाले बताउनुभयो । शव व्यवस्थापनपछि छठ मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उहाँले जानकारी दिनुभयाे । घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले गएकाे मङ्सिर १२ गते पक्राउ गरेको थियो । उनकाे बयानकाे आधारमा गुप्ताको खोजी भइरहेकाे थियो ।

 २०६४ असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्ता (भान्जा) लाई राजेशकुमार (मामा) ले अपहरण गरी हत्या गरेका थिए । शव तीन दिनपछि मात्रै फेला परेको थियो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया