रातु नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो

 साउन ४, २०७७ आइतबार १९:२१:२९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – बर्दिवास नगरपालिकाको रातु नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ । 

आइतबार स्थानीय रातु नदीमा रहेको पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा बर्दिवास नगरपालिका १४ का रोहित मिश्रको डुबेर ज्यान गएकाे हो । पौडी खेल्ने क्रममा पानी डुबेका मिश्रको घटनास्थलमै ज्यान गएकाे  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया