धादिङका विभिन्न ठाउँमा पहिराे खस्दा राजमार्ग बन्द, टिप्पर र गाडी बगायाे

 साउन ५, २०७७ सोमबार २०:४५:५० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्गकाे ठाउँठाउँमा सडक, यातायात र आवत जावत बन्द भएको छ ।

धादिङ र चितवनकाे सीमामा पर्ने मोवाखोलाको पुल बाढी र पहिरोले भत्काउँदा यातायात र आवत जावत नै बन्द भएको छ । बाढी र पहिराेले पुलको धादिङतर्फको खण्ड भत्किएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रराज खड्काका अनुसार माैवाखोला नजिकैको ठाडो खोलाले तीन वटा टिप्पर पनि बगाएको छ । दुई वटा चार पाङ्ग्रे गाडी बगाएकाे छ । अहिले धादिङमा आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो र सडकमाथिबाट खसेको लेदोका कारण राजमार्ग बन्द भएको छ ।

मलेखु, गजुरी बैरैनीमा सडक बन्द छ । त्यसैगरी धादिङकाे फुर्केखाेलामा सडक माथिबाट पहिराे र भेल खस्दा बजार क्षेत्रसमेत त्रसित बन्न पुगेकाे छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया