‘आईएमई घरमै’ को एक लाख रुपैयाँको भाग्यशाली विजेता बने रोकाया

 साउन ६, २०७७ मंगलबार ११:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईएमई सेवाग्राही मंगल बहादुर रोकाया ‘आईएमई घरमै’को विजेता बन्नुभएको छ ।

सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित हुनुभएको हो । विजेता रोकायाले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।

आईएमई लिमिटेडले कोरोना भाइरस (कोभिड १९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्केरै रेमिट्यान्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि ‘आइएमई घरमै – १ लाख रुपैयाँ जितौं’ भन्ने उपहार कार्यक्रम योजना लागू गरेको हो ।

यो कार्यक्रम गएको जेठ ३१ गतेदेखि सुरू भएको थियो । सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिट्यान्स वा विदेशबाट आएको रेमिट्यान्सलाई एजेन्टकहाँ गइ रकम लिन सकिन्छ । तर अहिलेको अवस्थामा बाहिर निस्किँदा सङ्क्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो योजना सार्वजनिक गरिएको थियो ।

२०७७ साल असारको अन्त्यसम्म मात्र कायम यस योजनाबाट आईएमई गरिएको रकम आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने एकजना भाग्यशालीलाई एकलाख रुपैयाँ र हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने गरी सार्वजनिक गरिएको थियो ।

आम सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आईएमईले आफ्नो स्थापना कालदेखि नै विभिन्न सेवाग्राहीमुखी उपहार योजना सार्वजनिक गर्दै आइरहेको छ । स्वदेश तथा विदेशबाट आईएमई गरिएको रकम आईएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिने व्यवस्था यो सँगसँगै मिलाइएको थियो ।

विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिएको थियो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया