पर्यटकीय व्यवसाय खोल्न पाइने, होटल खुल्ने तर पार्टी गर्न नपाइने

 साउन ६, २०७७ मंगलबार १९:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे साउन १५ गतेदेखि  होटल तथा रेस्टुरेन्ट खुल्ने भएका छन् ।

सरकारले साउन १५ गतेदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । तर हाेटल र रेस्टुरेन्टमा सामूहिक भोज र पार्टी गर्न पाइने छैन ।  

यस्तै ट्रेकिङ, ट्राभल र पर्वतारोहणका व्यवसाय खोल्न पाइने भएको छ । अहिले व्यवसाय खोलेर बुकिङ लिँदै गर्ने र कोरोनाको जोखिम कम हुनेबित्तिकै पर्यटक ल्याउन सकिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया