दुईवटा हात्ती भएको हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा

 साउन ७, २०७७ बुधबार ७:३६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

नयाँ नोटमा  चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 यसअघिको नोटमा एउटा मात्र हात्तीको तस्बिर थियो । हात्तीबाहेक नोटमा अरु केही पनि फरक नहुने पनि बैंकले जानकारी दिएको छ । 

नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया