नेप्से साढे १७ अङ्कले घट्यो, डेढ अर्बको कारोबार

 साउन ७, २०७७ बुधबार १८:३८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं– शेयर बजार कारोबार मापक नेप्से परिसूचक आज साढे १७ अङ्कले घटेको छ ।

१७ दशमलव ५ अङ्कले घटेर नेप्से १४ सय ३२ दशमलव ४४ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज दिनभर १ अर्ब ५३ करोड २५ लाख रुपैयाँ बराबरका ३५ लाख ८६ हजार कित्ता शेयर किनबेच भएका छन् ।

एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडको आज सबैभन्दा धेरै १८ करोड १५ लाख रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । यस्तै नेपाल रिईन्स्योरेन्ज कम्पनी लिमिटेडको १६ करोड २३ लाख रुपैयाँ भन्दा धेरैको शेयर कारोबार भएको छ ।

होटल र म्युचुअल फण्डबाहेक आज सबै समूहको उपसूचक घटेको छ । होटल समूहको उपसूचक १३४ दशमलव ४५ अङ्कले सुधार भए पनि बैंकिङ समूहको उपसूचक सबैभन्दा धेरै साढे २१ अङ्कले घटेको छ । नेप्से परिसूचक घटेको दिन आज नेपाल सेवा लघुवित्त वित्तिय संस्था लिमिटेडका शेयर लगानीकर्ताले ८ दशभलव ६१ प्रतिशत गुमाएका छन् ।

ओरियन्टल होटल लिमिटेड र तारागाउँ रेजेन्सी होटल लिमिटेडका शेयर लगानीकर्ताले भने १० प्रतिशत कमाएका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया