लुम्बिनी विकास कोषमा जथाभाबी कर्मचारी भर्ना गरेर १० करोडभन्दा धेरै खर्च

 साउन ८, २०७७ बिहीबार १४:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लुम्बिनी क्षेत्र विकास कोषले कानुन विपरीत कर्मचारी भर्ना गरेर १० करोड रुपैयाँभन्दा धेरै खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार कोषले सञ्चालक समितिको स्वीकृति नलिइ र निर्देशिका नै नबनाइ करारमा कर्मचारी भर्ना गरेर १० करोड रुपैयाँभन्दा धेरै खर्च गरेको छ । 

कोषले कम्प्युटर अपरेटर,  सुरक्षा अधिकृत, सुरक्षा गार्ड, नायव सुब्बा, इन्जिनियर, प्लम्बरलगायत ११ वटा पदमा २७ जना कर्मचारी नियुक्त गरेर ९८ लाख ४३ हजार रुपैयाँ खर्च गरेको छ । नियम विपरीत करारमा कर्मचारी नियुक्त गरेको र नियमित तलब भत्ता खर्च नलेखेको महालेखाले जनाएको छ । 

यस्तै दैनिक ज्यालादारीमा वर्षाैँदेखि एक सय ९५ जना कर्मचारी भर्ना गरेर तीन करोड ९४ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ । 

लुम्बिनी, तिलौराकोट परिसर, कुदान, देवदह, रामग्रामलगायत क्षेत्रको सुरक्षाको लागि एक सय दुई जना गार्ड नियुक्त गरेर दुई करोड ५० लाख ४६ हजार रुपैयाँ र माली, सरसफाइकर्मीलगायत एक सय २३ जना नियुक्त गरेर दुई करोड ५८ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । यो नियुक्ति पनि नियमसङ्गत नरहेको महालेखाले  जनाएको छ । कोषले अन्य काम गर्दा पनि थप करोडौँ रुपैयाँ जथाभाबी खर्च गरेको छ । 

लुम्बिनी क्षेत्र विकास कोषमा भएको बेथितिबारे महालेखा परीक्षकको ५७ औँ प्रतिवेदनमा उल्लेखित थप विषय –

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया