सिभिल मल व्यापार सङ्घ र व्यवस्थापन पक्षबीच सहमति, ४ महिनाकाे भाडादरमा ५० प्रतिशत छुट दिइने

 साउन ८, २०७७ बिहिबार १६:३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिभिल मल व्यवस्थापनले लकडाउन अवधिको चार महिनाकाे मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ । 

विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको लकडाउन अवधिको चार महिनाको मासिक भाडादरमा व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो । सिभिल मल व्यापार सङ्घका अध्यक्ष रत्नबहादुर घिमिरेले चैतदेखि असारसम्म चार महिनाकाे ५० प्रतिशत छुट, साउन भदौ र असोज गरी तीन महिनाको भाडामा ४० प्रतिशत छुट दिने व्यवस्थापन पक्षसँग सहमति भएको बताउनुभयो । 

कात्तिकदेखि एक वर्षसम्मको अवधिमा पसलहरुको प्रकृतिअनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिने सहमति पनि व्यवस्थापनसँग बनेको उहाँले बताउनुभयो । 

सरकारले साउन ७ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरे पनि मलका व्यवसायीहरुले असार १ गतेबाट नै पसल सञ्चालन गरेका थिए । पसल सञ्चालन भए पनि व्यापार शून्य अवस्थामा रहेपछि उनीहरुले भाडादरमा सहुलियत दिन व्यवस्थापन पक्षसँग आग्रह गर्दै आएका थिए । सिभिल मल बचाउ अभियान नै सञ्चालन गरेर व्यवसायीहरुले असार २१ गतेबाट शान्तिपूर्ण कार्यक्रमसँगै साँचोसमेत हस्तान्तरण गरेका थिए ।

मङ्गलबार मध्यरातिबाट लागू हुने गरी सरकारले लकडाउन अन्त्यको घोषणा गरिसकेको छ । सरकारले लकडाउन खोले पनि कोरोना सङ्क्रमणको जोखिम भने कायमै रहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • alok

    July 24, 2020, 9:08 a.m.

    काठमाण्डौमा कोठा भाडामा बस्नेलाई नि केही छुट छ कि ? म एउटा साधारण परिवारको मान्छे , वुवाले दिनहुँ काम गरेर कमाउनुहुन्थ्यो , अहिले न त काम छ , न त कमाइ नै /उता काठमाण्डौमा घरवेटीले फोन गर्या गरेकै छ कोठाको भाडा चाहियो भनेर ...अब मा कोठाभाडा कहाँवाट ल्याएर तिरौं ? ४ महिनाको कोठाभाडा बाँकी छ , कृपया हाम्रो लागि पनि पहल गरिदिनु पर्यो / कम्तिमा ५० प्रतिशत कोठाभाडा छुट गरिदिएकोभए तिर्न आँट आउंथ्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया