हिमालय र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य
माघ १४, २०७७ बुधबार
बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगञ्जका कम्प्युटर अपरेटर अरुणराज खनाललाई स्राेत नखुलेकाे १६ लाख १३ हजार नाै सय ७५ रुपैयाँसहित पक्राउ गरेको छ ।
आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले खनाललाई अस्पतालबाटै पक्राउ गरेको हो । कम्प्युटर अपरेटर भए पनि खनाल लामो समयदेखि अस्पतालको स्टोरकीपरको रुपमा काम गर्दै आएका थिए ।
रकमको स्रोत नखुलेको भन्दै विभिन्न पक्षसँग कमिसनबापत बुझेको रकम हुन सक्ने भन्दै अनुसन्धान थालिएको आयोगको सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।