बैंक तथा वित्तीय संस्थाका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

 साउन ९, २०७७ शुक्रबार ८:३४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको छ । 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेर स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको हो ।

 उसले ‘सिफ्ट सिस्टम’ हटाउन पनि भनेको छ । अब नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै खोल्नुपर्नेछ । 

कोरोनाको सङ्क्रमण बढेको भन्दै गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै केही समयका लागि खोल्दै आएका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया