आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाण्डौ - सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । सुनको भाउ आज एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो अहिलेसम्मकै महँगो हो । गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड राख्दै आएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुन अस्ति तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति तोलामा १३ सय रुपैयाँ बढेको सुन हिजो ५ सय र आज १३ सय रुपैयाँ नै बढेको हो । यो हप्ता मात्रै सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ महँगो भएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर आज तोलाको १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी अस्ति तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको थियो ।
चाँदी हिजो तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घ अन्तर्गतको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।