काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
भारतीय टिमका कप्तान विराट कोहली एकदिवसीय र टेस्ट क्रिकेटको शीर्ष वरियतामा परेका छन् ।
एकदिवसीय क्रिकेटका शीर्ष वरीयतामै रहेका कोहली आईसीसीले जारी गरेको टेस्ट क्रिकेटको वरियतामा पनि शीर्ष स्थानमा आइपुगेका हुन् ।
यसअघि उनी दोस्रो स्थानमा रहेका थिए। काेहली बल बिगारेको आरोपमा १ बर्षको प्रतिबन्धमा परेका अष्ट्रेलियाका स्टिभ स्मिथलाई ५ अंकले उछिन्दै शीर्ष स्थानमा आएका हुन् ।
काेहलीकाे अक जाेडिँदै गयाे र ९३४ भयाे तर स्मिथकाे अक प्रतिबन्धका कारण बढेन बरु भएकाे समेत घट्याे र ९२९ मा सीमित भयाे । यस हिसाबले काेहली अाफ्नाे प्रदर्शनका कारण मात्र नभर्इ शीर्ष स्थानमा रहेका स्मिथले प्रतिबन्धका कारण खेल्न नपाएकाले शीर्ष वरीयतामा पुगेका हुन् ।
आईसीसीले जारी गरेको टेस्ट वरीयताको तेस्रो नम्बरमा इङ्ल्याण्डका जोय रुट, चौथो नम्बरमा न्यूजिल्याण्डका केन विलियमसन, पाँचौ नम्बरमा अष्ट्रेलियाका डेभिड वार्नर रहेका छन् ।
टेस्ट क्रिकेटतर्फ बलिङमा इङ्ल्याण्डका जेम्स एन्डरसन २ अंकले शीर्ष स्थानमा रहेका छन् । एन्डरसनको ८८४ अंक हुँदा दक्षिण अफ्रिकाका कागिसो रावडाले ८८२ अंक जोड्दै दोस्रो स्थानमा छन् ।
भारतका रविन्द्र जडेजा तेस्रो, दक्षिण अफ्रिकाका भर्नन फिलाण्डर चौथो तथा भारतका रविचन्द्रन आश्विन पाचौं स्थानमा छन् ।
टेस्ट क्रिकेट तर्फ अलराउण्डरमा बंगलादेशका शकिबअल हसन शीर्ष स्थानमा रहँदा भारतका रविन्द्र जडेजा दोस्रो स्थानमा छन् ।
यसैगरी एकदिवसीय क्रिकेटमा पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा हुँदा इङ्ल्याण्डका जोय रुट तेस्रो स्थानमा छन् ।
यसैगरी बलर तर्फ भारतका जसप्रित बुम्राह पहिलो स्थानमा हुँदा अफानिगस्तानका रासिद खान दोस्रो स्थानमा छन् । रसिद र जसप्रितको अंक दूरी भने १२ रहेको छ ।
एकदिवसीय अलराउण्डरमा बंगलादेशका सकिब अल हसनले नै शीर्ष स्थान कव्जा गरेका छन् ।
टी-ट्वान्टीतर्फ व्याटिङमा अष्ट्रेलियाका एरोन फिन्च, बलिङमा अफगानिस्तानका रासिद खान र अलराउण्डर तर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।