गण्डकी प्रदेशमा थप १० जनामा कोरोना सङ्क्रमण

 साउन ९, २०७७ शुक्रबार ११:४९:४९ | सुमन गुरुङ
unn.prixa.net

कास्की - गण्डकी प्रदेशका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

आज कास्कीका ५ जना, लमजुङका ३ जना, बाग्लुङ र तनहुँका १/१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । 

पोखरामा भएको परीक्षणमा कास्कीका ४ जना पुरुष र १ जना महिलामा कोरोना पोजिटिभ देखिएको हो । 

त्यस्तै लमजुङका तीन जना बाग्लुङ र तनहुँका १/१ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या १३ सय ६० पुगेको छ ।

 गण्डकी प्रदेशमा १ हजार ९८ जना निको भएर घर फर्केका छन् । अहिलेसम्म गण्डकी प्रदेशमा ४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया