बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले पर्याप्त छलफल विना महासङ्घको साधारण सभा सार्दा धेरै शङ्का जन्मिएको बताउनुभएको छ ।
शुक्रबार काठमाण्डौमा भएको कार्यक्रममा उपाध्यक्ष ढकालले कोरोना महामारीबाट बच्न सुरक्षाका उपाय अपनाएर साधारण सभा गर्नुपर्नेमा पर्याप्त छलफल नै नगरि अनिश्चितकालको लागि स्थगित गर्दा महासङ्घ वेबारिसे संस्था जस्तो भएको बताउनुभयो ।
आफूले तोकिएको समयमै साधारण सभा गर्नुपर्छ भन्ने माग उठाउँदा केहीले पदमा पुग्न हतारो भएको आरोप लगाएको बताउँदै ढकालले पदमा पुग्नको लागि भन्दा पनि महासङ्घको मर्यादा र थिति बसाल्न तोकिएको समयमै साधारण सभा होस् भनेर माग उठाएको बताउनुभयो ।
उपाध्यक्ष ढकालको सम्बोधनको पूर्ण पाठ यस्तो छ–
सरकारले एक सय २० दिनसम्म लगाएको लकडाउन गत मङ्गलबारबाट हटाएको छ । कोरोनाको प्रभाव र त्रास विस्तारै कम हुँदै गएको छ । चैत ११ गतेबाट ठप्प भएको हाम्रो सार्वजनिक जीवन फेरि चलायमान हुन थालेको छ । जिल्लाभित्र यातायात पूर्णरुपमा सञ्चालनमा आएको छ । सरकारले भदौ १ गतेबाट लामो दुरीका यातायात, राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु खोल्ने निर्णय गरिसकेको छ ।
रेस्टुरेन्टहरु खुल्न थालिसकेका छन्, होटलहरु पनि साउन १५ गतेबाट खुल्दैछन् । बैंक, वित्तीय संस्था, उद्योग, व्यापार तपाईँ हाम्रा कर्पोरेट अफिसहरु स्वास्थ्यसम्बन्धी मापदण्डहरु लागू गरेर पूर्णरुपमा खुलेका छन् । जसरी तपाईँ हाम्रा उद्योगहरु, कार्यालयहरु, कर्पोरेट अफिसहरु स्वास्थ्यसम्बन्धी मापदण्डहरु लागू गरेर खोलेका छौँ ।
मैले त्यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा पनि पूर्णरुपमा स्वास्थ्यसम्बन्धी मापदण्डहरु लागू गरेर सञ्चालन गरौँ भन्ने राय राखेको थिएँ । यस्तो राय राख्दा महासङ्घकै पदाधिकारी साथीहरुले स्वास्थ्यभन्दा महासङ्घ ठूलो हुन सक्दैन भनेर मलाई हतोत्साही बनाउने प्रयास गर्नुभयो ।
आफ्नो सार्वजनिक जीवनमा मैले पनि स्वास्थ्यभन्दा महासङ्घ ठूलो हो भनेर कहिल्यै पनि धारणा राखेको छैन । त्यस्तो म सोच्न पनि सक्दिन । मैले कोभिडको महामारीमा साधारणस भाको कुरा उठाउँदा स्वास्थ्यसम्बन्धी कुनै पनि कुरामा सम्झौता गर्ने कुरा गरेको छैन । कोभिड महामारीकै बीच दक्षिण कोरिया र केही युरोपेली देशले निर्वाचन सम्पन्न गरे । हाम्रै देशमा सङ्घीय तथा प्रदेश संसद् चले । यसमा हामीले पनि नेपाल सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी प्रावधानहरु लागू गरेर साधारण सभा गर्न सकिन्छ भन्ने कुरा राखेको हुँ ।
मेरो राय मात्र के थियो भने हामी सजग भएर, स्वास्थ्यसम्बन्धी प्रोटोकलहरु पूर्णरुपमा लागू गरेर, जसरी तपाईँ हाम्रो उद्योग, व्यापार र अफिस खोलेका छौँ त्यसैगरी महासङ्घको साधारण सभा गर्न सक्छौँ भने हामीलाई केही लाभ हुन्छ । जस्तो यसबाट ५५ वर्षअघि स्थापना भएको हाम्रो गौरवशाली संस्थाको जुन गरिमा छ, साख छ र मर्यादा छ त्यो गरिमा, साख र मर्यादालाई जोगाउनका लागि हामीले बनाएका जुन विधि विधान छन, ती विधि विधानको पूर्ण परिपालना हुन्छ ।
अत्यन्त जटिल पस्थितिमा समेत महासङ्घले समयमै साधारण सभा सम्पन्न गरेका अनेक उदाहरण छन् । कम्तीमा यस्तो अफ्ठ्यारो समयमा पनि हामीले साधारण सभा गरेर हाम्रो गरिमा राख्न सक्यौँ भन्ने हुन्थ्यो । हामीले महासङ्घको साधारणसभा गर्याैँ भने त्यसले हाम्रा साथीहरुको मनोबल पनि उठ्थ्यो ।
कोरोनाले जसरी हाम्रो मनोविज्ञानलाई बिगारेको छ, उद्योग व्यापारलाई तहसनहस बनाएको छ । साधारण सभाकै लागि भए पनि देशभरका उद्योगी व्यापारी साथीहरु भेला भएर छलफल गर्थ्याैँ । यसले तपाईँ हामीलाई हौसला दिन्थ्यो । हाम्रो मनोबल बढाउँथ्यो भन्ने हो । चैतमा हुनुपर्ने साधारण सभा लकडाउनका कारण गर्न सकिएन । त्यसपछि पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थिति रह्यो । यसले गर्दा एकातर्फ यो संस्था बेवारिसे हुन सक्ने अवस्था देखियो भने अर्कोतर्फ यसमा आबद्ध लाखौँ उद्योगी, व्यापारी तथा व्यावसायीले अफ्ठ्यारो परिस्थितिमा अभिभावकविहीनको अवस्था महसुस गर्नुपर्याे ।
पीडाको यस समयमा उनीहरुको घाउमा मल्हम लगाउने, उनीहरुको आफ्नो भनिएको महासङ्घ म्याद सकिएको औषधि जस्तो हुन गयो । आवश्यकता पर्दा केही नहुने संस्थाको औचित्य के भन्ने अहिले पीडामा रहेका सबै व्यवसायीको गुनासो पनि छ । त्यही कारण साधारण सभा भयो भने त्यसले नयाँ नेतृत्व दिन्थ्यो, त्यो नेतृत्वले कोरोनाबाट प्रभावित हाम्रो उद्यम, व्यापारलाई जोगाउन सरकार, नियामक निकायहरुसँग एउटा युनाइटेड भ्वाइस लगेर जान सक्थ्यो भन्ने पनि हो ।
यस्तो जटिल परिस्थितिमा हामीलाई सबल, सक्षम र डाइनामिक नेतृत्वको आवश्यकता छ भनेर मैले आवाज उठाउँदा उल्टै मलाई पदमा पुग्न हतार गरेको आरोप लगाउने काम भयो । जबकि महासङ्घको साधारण सभाका लागि लिएर मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने यसबाट मलाई तात्विक भिन्नता केही हुँदैन । साधारण सभा अघि म उपाध्यक्ष हुँ, साधारण सभाले मलाई विजयी बनाएपछि पनि म हुने वरिष्ठ उपाध्यक्ष नै हो । म कार्यकारी अधिकार भएको पोस्टमा पुग्ने पनि होइन । त्यसैले महासङ्घको साधारण सभाबाट मलाई कुनै ठूलो लाभ हुने वा व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा हुने पनि होइन ।
म आज सबै साथीहरुलाई स्पष्ट रुपमा भन्छु, अहिले हामीले जे समस्यालाई भोगिरहेका छौँ, ती समस्या समाधानका लागि प्रभावकारी पहल हुन्छ भने हामी सबै जना एकीकृत भएर अघि बढ्ने हो भने मलाई साधरण सभा दुई/चार दिन वा महिना होइन, चैतमा साधारण सभा गर्दा पनि आपत्ति हुँदैन । चैतमा हामीले साधारण सभा गर्न नसकेपछि लकडाउनकै बीचमा निर्णय गरेर हामीले साधारण सभा साउन २६ र २७ गतेका लागि तोकेका थियौं ।
हिजो महासङ्घका पदाधिकारीको आकस्मिक बैठक राखेर साधारण सभालाई अनिश्चित समयसम्मका लागि धकेल्ने काम भयो । त्यसमा मलाई केही विषय आपत्तिजनक लागेका छन् । जस्तो हामीले साधारण सभाको मिति कार्यसमितिको बैठकबाट निर्धारण गरेका थियौँ । जबकि हामीसँग फेरि कार्यसमिति बैठक बोलाउनकाे लागि प्रशस्त समय थियो । कार्यसमितिको अधिकारलाई हामीले कुल्चिने काम गर्याैँ । यो अत्यन्तै दुखःद कुरा हो । यसले महासङ्घमा गलत प्रवृत्तिको विकास भएको छ । र मलाई स्यालले कुखुरा लग्यो भन्नेभन्दा पनि स्याल पल्कियो भन्ने कुराले बढी पिरोलेको छ ।
हामीले साउन २६ र २७ गतेका लागि तय गरिएको साधारण सभाका लागि सहजीकरण गर्नका लागि नेपाल सरकारसमक्ष निवेदन दिएका थियौँ । राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार स्थापना भएको संस्था भएकाले महासङ्घका गतिविधिले नेपाल सरकारसँग प्रत्यक्ष सरोकार राख्छन् । यस्तो बेलामा हामीले आफ्ना आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक मात्र नभइ अपरिहार्य नै हुन्छ । अर्कोतर्फ सोही ऐनको दफा ६ (२) मा संस्थाले विधान विपरीत कार्य गर्दा हाम्रा यी समग्र गतिविधिले देशकाे यो गरिमामय संस्था कतै दुर्घटनातर्फ उन्मुख त भएको छैन ? सबैले समयमै सोचौँ ।
त्यसकारण कम्तीमा हामीले सरकारलाई दिएको निवेदनको जवाफ कुर्नुपर्ने थियो । साधारण सभा स्थगित गरेर अर्को मिति तयसमेत नगरिँदा यसले कानुनी मात्र नभइ हाम्रो नैतिक र सामाजिक जगसमेत कमजोर बनाएको छ । साढे पाँच दशक पुरानो संस्था कानुनी रुपमा इतिहासमै कमजोर अवस्थामा पुगेको बेला यसलाई कम्तीमा चुनावी दाउपेचको सिकार बनाउनु हुँदैन थियाे । यो आफैँमा दुर्भाग्यपूर्ण छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।