स्यार्पु तालमा डुबेका युवाको शव चार दिनपछि भेटियो

 साउन १०, २०७७ शनिबार १६:३८:२७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिको बाँफिकोटमा रहेको स्यार्पु तालमा साउन ७ गते डुबेका एक युवकको शव चार दिनपछि भेटिएको छ ।

बाँफिकोट गाउँपालिका–५, वडगाउँका २० वर्षीय अनिल घर्तीको शव शनिबार दिउँसो १ बजेतिर स्थानीयले तालमै भेटाएका हुन् । 

बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्बर वडामा फैलिएको त्यस तालको ५ नम्बर वडातर्फको क्षेत्रमा शव भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । 

स्थानीय गोर्ख दहालले उनको शव भेटाएका हुन् । घर्ती डुबेकै ठाउँमा उनको शव भेटिएको बताइएको छ ।

साउन ७ गते बल्छी खेल्न गएका घर्ती दिउँसो १ बजेतिर स्यार्पुतालमा डुबेका थिए । आफू असजिलोमा परेको भन्दै कराएपछि उनलाई बचाउन गएका वडगाउँकै २३ वर्षीय लोकबहादुर घर्तीको ज्यान गएको थियो । लोकबहादुरको शव भने त्यही दिन फेला परेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया