खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका परिसरमा रहेको काष्ठमण्डपमा धलिं अर्थात् मुख्य दलिन पूजा गरिएको छ । धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अङ्ग मानिन्छ ।
यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार अर्थात् सिखंमू बहाः या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा बज्रयानी परम्पराअनुसार पूजा सम्पन्न भएको हो ।
काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले पुनर्निर्माणको ७० प्रतिशत काम सकिएको जानकारी दिनुभयो । विसं २०७५ वैशाखबाट पुनर्निर्माणको काम सुरु भएको हो ।
महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुनर्निर्माण गरिरहेको पनि शाक्यले जानकारी दिनुभयो ।
‘सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो, त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ’ उहाँले भन्नुभयो,‘जुन इँटा, माटो प्रयोग भएको थियो त्यही नै प्रयोग गरिएको छ ।’
काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा ५० लाख, दोस्रो र तेस्रो चरणमा पाँच/पाँच करोड रुपैयाँ दिएको छ ।
विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक सम्पदा तीन वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ । अध्यक्ष शाक्यले काम समयसीमा भित्रै सम्पन्न हुने दाबी गर्नुभयो ।
ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । निर्माणका लागि १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ ।
सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको मान्यता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।