विश्व रेडियो दिवसको अवसरमा रेडियो परासीद्वारा ट्राफिक सचेतना
फागुन १, २०८१ बिहिबार
काठमण्डाै – धिताेपत्र बजारमा शेयर काराेबार मापक नेप्से आइतबार २२ दशमलव ४ अङ्कले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार नेप्से २२ अङ्कभन्दा धेरैले बढेर १४ सय ६५ दशमलव १० बिन्दुमा पुगेर बन्द भएको छ ।
यस्तै क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आइतबार ३ दशमलव ५९ अङ्कले बढेको छ । आइतबार दिनभर एक अर्ब ९४ करोड २६ लाख रुपैयाँ बराबरका ४५ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । होटल, जलविद्युत् र म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेका छन् ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३३८ दशमलव ८ अङ्क र निर्जीवन बीमा समूहको २५९ दशमलव ६४ अङ्कले बढेको छ । आइतबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको २५ करोड ८४ लाख १८ हजार रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको १९ करोड ९४ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएका छ ।
बजार सुधार भएको दिन आइतबार मिर्मिरे माइक्रो फाइनान्स विकास बैंक लिमिटेड र तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । बेस्ट फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ६ प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।