दाेस्राे टेस्टमा अाेल्ली पाेप डेब्यु गर्दै,मालन र स्टाेक्स बाहिरिने

 साउन २०, २०७५ आइतबार १८:३४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा ओली पोपलाई डेब्यु गराउने भएको छ ।

पोपलाई इङ्ल्याण्डको टिम छनौकर्ता एडम स्मिथले बेलाएका हुन् । पोप टिममा परेपछि पहिलो र दोस्रो पारिमा गरि २८ रन जोडेका डेभिड मालन टिम बाहिर भएका छन् ।

लर्ड्समा आउँदाे बिहीबारदेखि शुरु हुने दोस्रो टेस्टमा बोलाइएका पोप कन्ट्री च्याम्पियनशिपमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

सर्री कन्ट्रि क्रिकेट क्लबबाट खेल्दै आएका पोपले सन् २०१७ मा पहिलो श्रेणी क्रिकेटमा डेब्यु गरेका थिए । २० वर्षीय पोपले जारी सिजनमा ८५.५ को स्ट्राइक रेटमा ६८४ रन बनाएका छन् ।

यसैगरी क्रिस वाेक्सलाई पनि टिममा बोलाइएको छ । दायाँहाते मध्यगतिका वाेक्स आएपछि वेन स्टाेक्सलाई बाहिर राखिएको छ।

पहिलो टेस्टमा ३१ रनले विजयी हुँदै भारतसँगकाे पाँच टेस्ट क्रिकेट श्रृङखलामा घरेलु टोली १–० ले अगाडि छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया