भैँसीले हान्दा सिन्धुलीमा एक जनाको ज्यान गयो
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषमार्फत कर्जा वितरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले पाँच प्रकारका पुनर्कर्जाको सूची सार्वजनिक गरेको छ । जसअनुसार ऋणीले न्यूनतम तीन प्रतिशतदेखि अधिकतम सात प्रतिशतसम्म ब्याज तिरेर ऋण पाउन सक्नेछन् ।
पुनर्कर्जामार्फत दिइने ऋण र ब्याज सम्बन्धमा राष्ट्र बैंकले गरेको व्यवस्था :
साधारण पुनरकर्जा
जलविद्युत् परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरुले सञ्चालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र भौतिक पूर्वाधार निर्माण उद्योगमा प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक तीन प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । यस्तो पुनर्कर्जा प्रदान गर्दा औद्योगिक व्यवसाय ऐन, २०७३ मा उल्लेख भएका अति अविकसित र अविकसित क्षेत्रका उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिनुपर्नेछ ।
पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भीमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न र स्तरीय होटल स्थापना गर्न प्रदान गरिएका असल कर्जाको सुरक्षणमा वार्षिक तीन प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध हुनेछ ।
साधारण पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट सात प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।
विशेष पुनर्कर्जा
नेपाल सरकारबाट तोकिएका रूग्ण उद्योग, घरेलु तथा साना उद्योग, वैदेशिक रोजगारीको लागि प्रवाह भएको कर्जाको धितोमा वार्षिक एक प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध हुनेछ ।
अस्ट्रिच पालन, अलैँची खेती र मौरी पालन गरी निर्यात गरेमा निर्यात बराबरको रकम नबढ्ने गरी असल कर्जाको धितो सुरक्षणका आधारमा वार्षिक एक प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध हुनेछ ।
दलित, जनजाति, उत्पीडित, महिला, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा सञ्चालित साना व्यवसायमा प्रदान गरिएको असल कर्जाको धितो सुरक्षणमा वार्षिक एक प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध हुनेछ ।
विशेष पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक तीन प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।
निर्यात पुनर्कर्जा
निर्यात व्यवसायी फर्म/कम्पनीलाई निर्यातसम्बन्धी कागजातको आधारमा नेपाली मुद्रामा प्रवाह गरेको कर्जा र निर्यात प्रवर्द्धन उद्योगलाई प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक एक प्रतिशत दरमा निर्यात पुनर्कर्जा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।
निर्यात पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक तीन प्रतिशतभन्दा बढी ब्याज लिन पाइने छैन ।
निर्यात अन्तर्गत विदेशबाट विदेशी मुद्रा आम्दानी भएको अनुगमन सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नु पर्नेछ । साथै यस्तो भुक्तानी प्राप्त भएको मितिले चार दिनभित्र पुनर्कर्जाको साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी गर्नु पर्नेछ ।
निर्यात पुनर्कर्जाको हकमा Deemed Exporter भइ उत्पादन कार्यमा समेत संलग्न भएको खण्डमा उत्पादन कार्यमा लिएको कर्जा वा निर्यातको लागि लिएको कर्जामध्ये कुनै एक तहको कर्जामा मात्र निर्यात पुनर्कर्जा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।
साना तथा मझौला उद्यममा पुनर्कर्जा
परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित १५ लाख रुपैयाँसम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक दुई प्रतिशत ब्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराइने छ ।
यस्तो पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट पाँच प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।
यसको अतिरिक्त राष्ट्र बैंकले आगलागी एवम् बाढी तथा डुबानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निर्माण र व्यवसाय फेरि सञ्चालन गर्न पनि पुनर्कर्जा प्रदान गर्ने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Prakash Nepal
July 28, 2020, 4:08 p.m.मलाई लोकल कुखुरा पाल्न ५/६ लाख ऋण चाहिएको छ , कसरी पाउने हो कृपया मलाई सहयोग गर्नुस /
Rupesh Kumar Rauniyar
July 28, 2020, 9:57 a.m.राम्रो त राम्रो छ , तर यहाँका वित्तीय संस्थामा ऋण लिंदा १५ % देखि १७% सम्म ब्याज लिन्छ /
[email protected]
July 28, 2020, 6:31 a.m.गर्ने केही होइन, हल्ला नै बढी /
kali prasad tiwari
July 28, 2020, 2:12 a.m.मैले 4.5 बिघामा 10 वर्षको लागि जमिन भाडामा लिइ कृषि कार्य (50-60 बाख्रा ,1500 लोकल कुखुरा, 30000 माछा र तरकारी खेती ) गर्दै आएको छु । कृषि लोनको लागि 2076 साल बैंक हरु घुम्दै गयो, धितो पुगेन भन्दै फिर्ता गर्यो । गाउको ३% ब्याजमा लोन निकाली पुर्वाधार तयार पारियो, अहिले तेत्यस फर्ममा 7 जाना पुरुष र 5 जाना महिला काम गर्छन । मासिक ब्याज 1,20,000/-, ज्याला 1,10,000/-, जमिन भाडा 15,000गरेर जम्मा 2,45,000/- तिर्नु पर्छ । फर्म मा 80 लाख लगानी गरिसकेको छु । गाउँ को ३% ब्याज हटायर कृषि लोन मा रुपान्तरण गर्न सकेको भए म 5 बर्ष मा कृषि क्षेत्रमा गाउँ नै परिवर्तन गर्थे ।अब मलाइ 1 करोड कृषि लोनको खाचो छ । यदि कारोबार हेरेर वास्तविक कृषकलाइ लोन दिने हो भने 18 कठ्ठा धितो छ Please help गर्नु होला ।आफ्नो मान्छे हेरेर लोन दिनेहो भने झुटा र गरिब लाई दुख दिने खालका सुचना प्रकाशित नगर्दिनु होला ।
भीषण थापा
July 29, 2020, 12:17 a.m.सर! तपाईंले एकदमै राम्रो कुरा गर्नु भएको छ तर सर के गर्ने ? हाम्रो देशको नीतिनिर्माताहरु नै स्वार्थी परेपछि, उनिहरु आफू सुरक्षीत हुन खोज्छन् । हामी जस्ता मन बाट नै यही देशमा गरुम भन्नेहरुको लागि न कुनै सहयोग, न कुनै साथ, न कुनै राहत , न कुनै नीति । हामिले जति सुकै गर्न खोजेपनी पहिला यिनिहरुले खोज्ने भनेकै हाम्रो सम्पत्ति हो । तर हामी त्यही सम्पत्ति जोड्न र समाज परिवर्तन गर्न कस्सिएका हौंं , हामिलाई कस्ले बुझ्ने ? म पनि तपाई जस्तै पीडित हो र हामी जस्ता धेरै दाजुभाइ हुनुहुन्छ । यस्को एक मात्र विकल्प भनेको हामीले सानो काम बाट सुरुगरेर आफू सुरक्षीत हुने र अरुलाई पनि बिश्वासमा राख्ने नै रहेछ। त्यसैले सर पहिला आफू सुरक्षीत हुने र अरुलाई बिश्वास गर्न सक्ने वातावरण तयार गर्नुहोस् । तपाईं अलि धेरै लगानीमा गैइसक्नु भएको रहेछ, त्यसलाई कसरी सुरक्षीत गर्न सकिन्छ र आफू कसरी सुरक्षीत हुन सकिन्छ एकदमै ख्याल गर्नुहोस् ।
Dhananjaya
July 28, 2020, 9:49 p.m.ठीक भन्नुभयो /
Tara Bdr. Bhandari
July 28, 2020, 1:28 p.m.यो व्यवस्थाको लागि हामीहरु लडेको बर्षै भैसकेको छ । जमिन हुनेले कृषि कर्म नगर्ने र कृषि कर्म गर्ने संग धितो नहुने समस्याले गर्दा नेपाल सरकाले लिएको व्यावसायिक कृषिको अवधारणा सफल हुन सकेको छैन । त्यसैले हामीले कृर्षी व्यावसायमा भएको लगानीलाई हेरेर प्रोजेक्ट फाइनान्सको व्यवस्था हुनु पर्छ भनेका छौं । तपाई कहाँ यो कर्म गरिरहनुभएको छ अन्य व्यावसायी कृषकहरुलाई पनि साथमा लिएर आवाज उठाउनुहोस् । सायद यो बर्षबाट हाम्रो माग सुनुवाई हुन्छ होला जस्तो छ ।