नेप्सेको वेबसाइटबाट डाटा चोर्ने प्रयास

 साउन १३, २०७७ मंगलबार १६:२१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्सेको वेबसाइटमा प्रवेश गरेर अनधिकृत रुपमा डाटा ह्याकिङको प्रयास भएको छ ।

नेप्सेले मङ्गलबार विज्ञप्तिमार्फत वेबसाइटमा विभिन्न कोड प्रयोग गरेर अनधिकृत रुपमा ठूलो परिमाणमा डाटा तान्ने प्रयास भइरहेको  जनाएको छ । यसले गर्दा नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्नेको सङ्ख्या कृत्रिम रुपमा अत्यधिक बढेको र सर्वसाधारणलाई असुविधा भइरहेको नेप्सेले जनाएको छ ।

यसलाई समाधान गर्न नेप्सेले प्राविधिक उपाय लगाइरहेको र त्यस्ता क्रियाकलाप नरोकिए कारबाहीमा जाने नेप्सेले जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया