सुनको भाउमा आज पनि नयाँ रेकर्ड

 साउन १६, २०७७ शुक्रबार ११:१३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।

तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  ।

यो अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ तोकिएको  थियो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । 

चाँदीको भाउ भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया