धादिङमा सबै सवारी पास खारेज

 साउन १६, २०७७ शुक्रबार १८:२०:१९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ –  जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाबाट जारी गरिने सबै किसिमका गाडीकाे पास अर्को सूचना नआएसम्मका लागि बन्द गरेको छ ।

काठमाण्डौमा कोरोना भाइरसको महामारी फैलिइरहेको र समुदायस्तरमा समेत सङ्क्रमण पुष्टि हुने खतरा बढेपछि जिल्लाबाट जारी गरिने सवारी पास खारेज गरेको हो ।

आन्तरिक रुपमा मात्र यातायात सञ्चालन अनुमति रहेको र कोरोना सङ्क्रमणको जोखिम कम हुने उपायहरु अबलम्बन गरेर मात्र सञ्चालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

गृह मन्त्रालयले समेत अत्यावस्यक सेवाबाहेकका गाडीलाई साँझ ७ बजेदेखि अर्काे दिनकाे बिहान ७ बजेसम्मका लागि काठमाण्डाै, ललितपुर भक्तपुर प्रवेशमा रोक लगाएको सूचना जारी गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया