इण्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

 साउन २१, २०७५ सोमबार ७:४०:१३ | एजेन्सी
unn.prixa.net

इण्डोनेसियामा सात रेक्टर स्केलको भूकम्प जाँदा ८२ जनाको ज्यान गएको छ । सय जना भन्दा धेरै घाइते भएका छन् ।

भूकम्पले हजारौं भवनमा क्षती पुगेको छ भने थुप्रै स्थानमा बिजुली आपूर्ती पनि बन्द भएको छ । धेरै भवन तथा घरहरु भत्किएका छन् ।

इण्डोनेसियाका लोमबोक टापुमा भूकम्प गएको बीबीसीले जनाएको छ । यस अघि गएको १३ गते पनि यहि क्षेत्रमा भूकम्प जाँदा १६ जनाको ज्यान गएको थियो ।

इन्डोनेशियाको प्रकोप व्यवस्थापन एजेन्सीका प्रवक्ताले लोमबोकका मुख्य शहर मताराममा पनि केही घरहरु भत्किएको जानकारी दिएका छन् ।


 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया