पर्सामा थप एक जना महिलाकाे काेराेनाका कारण ज्यान गयाे

 साउन १७, २०७७ शनिबार २०:४७:३६ | केसी लामिछाने
unn.prixa.net

पर्साको वीरगञ्जमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १ जना महिलाको ज्यान गएको छ ।

वीगञ्जको नारायणी वयोधामा उपचारको लागि भर्ना हुनुभएकी वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिलाको आज साँझ ज्यान गएको हो ।

श्वास प्रश्वासमा समस्या देखिएको उहाँमा हिजाे कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।  आज साँझ गण्डक कोभिड अस्पतालले बिरामी बुझ्दा उहाँको ज्यान गइसकेको अस्पतालका डा.निरज सिंहले बताउनुभयाे ।

आजै पर्सामा अर्का एक जना महिलाको पनि मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया