बाँकेमा तीन दिने निषेधाज्ञा

 साउन १८, २०७७ आइतबार ८:३८:४१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि बाँकेमा शनिबार मध्यरातिदेखि लागू हुने गरी ३ दिने निषेधाज्ञा जारी गरिएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

बाँकेमा बिहीबार आन्तरिक राजश्व कार्यालयमा कार्यरत ११ जना कर्मचारीसहित २७ जनामा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

भोलि रक्षाबन्धनमा निजी गाडी तथा रक्षाबन्धन सम्बन्धी सामग्री पाइने पसल भने खोल्न दिने निर्णय भएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया