सुनचाँदीकाे भाउ आज स्थिर

 साउन १९, २०७७ सोमबार ११:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - केही दिन यतादेखि लगातार रेकर्ड बनाउँदै आएको सुनको भाउ आज भने स्थिर छ । 

सुन आज पनि हिजोजस्तै तोलामा ९९ सय हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि आज घटबढ भएको छैन । चाँदी आज पनि तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भइरहको छ ।

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेका बेला सुनको भाउ भने दिनदिनै उकालो लागेको थियो  । 

भाउ महँगो हुँदै गएपछि विभिन्न बैंकमा लकडाउनअघि नै ल्याइएका ३ सय ३० किलो सुन बिक्री हुन नसकेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया