नेप्से परिसूचक १ दशमलव २९ अङ्कले घट्यो

 साउन २२, २०७७ बिहिबार १८:४७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धिताेपत्र बजारमा काराेबार मापक नेप्से परिसूचक बिहीबार १ दशमलव २९ अङ्कले घटेको छ । नेप्से परिसूचक घटेर १३ सय ८१ दशमलव ३७ अङ्क‍मा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

बिहीबार बैंक, व्यापार, होटल, जलविद्युत्, अन्य, माइक्रोफाइनान्स र म्युचल फण्डका उपसूचक घटेका छन् । होटल, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, उत्पादन र जीवन बीमा समूहका उपसूचक भने बढेका छन् । बिहीबार दिनभर ९२ करोड नाै लाख रुपैयाँ बराबरका २३ लाख ४१ हजार कित्ता शेयर किनबेच भएका छन् ।

बिहीबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ११ करोड १८ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएको दिन महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया