आज सुन तोलामा ९ सय रुपैयाँ घट्यो

 साउन २५, २०७७ आइतबार १०:३७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लगातार बढेको सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्टिय बजारमा आज १८ डलरले भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

अस्ति शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो । 

यस्तै आज सुनको भाउ घटे पनि चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।

 

अन्तिम अपडेट: साउन ३०, २०७७

तपाईको प्रतिक्रिया