बुढीगंगा नदीमा बाढी, बेलिब्रिज र झोलुङ्गे पुल बगायो

 साउन २६, २०७७ सोमबार ८:३४:३५ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - बुढीगंगा नदीमा आएको बाढीले बाजुराका विभिन्न बस्ती जोखिममा परेका छन् । बेलिबिज्र र झोलुङ्गे पुल बगेपछि आवतजावतमा समस्या भएको छ । 

बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको हो । घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

उद्धारका लागि प्रहरी टोली जान सकेको छैन । गएराति जिल्लाबाट खटिएको टोली बडिमालिका नगरपालिकाको वडा नम्बर ९ को पहिरोका कारण रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 धेरैपछि बुढीगंगा नदीमा ठूलो बाढी आएको स्थानीय बासिन्दाले बताएका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया