सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो

 साउन २६, २०७७ सोमबार ११:१६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

हिजो ९ सय रुपैयाँ घटेर सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो । केही दिनयता लगातार बढेको सुनको भाउ हिजो र आज भने केही घटेको छ । 

चाँदीको भाउ पनि आज १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया