महोत्तरी र धनुषा सदरमुकाममा लगाइएको निषेधाज्ञा थप

 साउन २६, २०७७ सोमबार ११:४७:५५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी  - महोत्तरी र धनुषा सदरमुकाममा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पुनः एक हप्ताको लागि थप भएको छ ।

साउन ३२ गतेसम्मका निषेधाज्ञा थप गरिएको हो । महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाका ३ र ५ वडाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

यस्तै धनुषामा प्रशासनले पूर्वमा जनकपुरको कपिलेश्वर बसपार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडकखण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दूधमती नदीको पुल, दक्षिणमा बनौली मोड, बसहिया रोडको सोनासती मन्दिर, प्रदेशसभा जाने मोडबीच लगायतको क्षेत्रभित्र निषेधाज्ञा कायमै राखेको छ ।

धनुषा जिल्ला सुरक्षा समितिले यस अवधिभरिमा बैंक तथा वित्तीय संस्थाहरु सिफ्टबमोजिम खोल्ने, यात्रु निवासलाई क्वरेण्टीन बनाउने, आइसोलेशन अझै थप्ने गर्ने लगायतको निर्णय गरेको जनाएको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया